बेनीमा बाल विवाह तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तक्रिया

बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बालविवाह तथा लैङ्गिक हिँसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सिविन नेपाल म्याग्दीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो ।


कार्यक्रममा सिविन नेपालका राष्ट्रिय पैरवी अधिकृत कृष्ण तामाङले बालबालिकाको अधिकार तथा लैङ्गिक हिंसा र न्युनिकरणका लागि सिविन नेपालले गरेका कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै म्याग्दीमा भएका विभिन्न सञ्जालहरू मार्फत बालविवाह तथा लैङ्गिक हिँसा न्यूनीकरण गर्नको लागी पैरवीको बारेमा जानकारी लिनुभएको थियो ।


साथै सिविन नेपाल म्याग्दीका कार्यक्रम अधिकृत बसन्त ढुंगानाले जिल्लामा बालबालिकाको अवस्था,सिविन नेपालले गरेको बालिका पैरवी र लैङ्गिक हिंसा न्युनिकरणका कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा अन्तरधार्मिक सञ्जालका सचिव घायल श्री, युवा किशोरी म्याग्दीकी अध्यक्ष रन्जना श्रेष्ठ, जिल्ला युवा किशोर संजाल अध्यक्ष थमप्रसाद आचार्य , सामुदायिक प्रहरी सेवा केन्द्रकी बिष्णु गुरूङ लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।


कायक्रममा सबै सञ्जाल मार्फत समाजमा हुने सामाजिक विकृतिलाई न्यूनीकरण गर्ने उपाय र भुमिकाको बारेमा प्रत्येक तीन महिनामा एकपटक छलफल र बैठक तथा विभिन्न कार्यक्रमहरु आयोजान गर्ने निर्णय भएको कार्यक्रम संयोजक ढुङनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार