बारा पर्सा अपडेट : मृतकको संख्या ३३ पुग्यो, मृतकका परिवारलाई ३ लाख राहत

बारा सोमबार चैत्र १८ गते ।
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।घाईते हुनेहरुको सङख्या भने झण्डै ६ सयको हाराहारी छ । रातको समयमा कतिपय घाईतेहरु सुरक्षाकर्मी उद्धारकर्मीको सम्पर्कमा समेत नआएकाले मृतकको सङख्या बढ्ने अनुमान छ ।


हावाहुरीले बारामा धेरै क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । घाईतेहरुको उपचारका लागी अस्पतालमा ठाँउ र रगतको अभाव भएकाले गम्भीर अवस्थाका बिरामी मर्ने बाँच्नेको दोसाधमा छन ।

प्रदेश सरकारको आकस्मिक बैठक, मृतकका परिवारलाई ३ लाख राहत दिने

सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं । उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’ आफूहरु राति नै देखि उद्धारको कार्यमा खटिरहेको र आफू पनि क्याबिनेटको बैठकपछि अस्पताल र घटनास्थलतर्फ जान लागेको मुख्यमन्त्री राउतले बताए।

टिभी अन्नपुर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार