बास्कुनामा बाढीले सडक,खानेपानी र सिचाई आयोजनामा क्षति

बेनी बुधबार बैशाख ४ गते । बेनी नगरपालिका -४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ ।

भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो ।

बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा जोड्ने हाडेभिर–बरंजा सडक अवरुद्ध भएको छ ।
यसैगरी बास्कुना खानेपानी आयोजनाको इन्टेक र पाँच सय मिटर पाइप बगाएको उपभोक्ता समितिका सचिव शेरबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार ५०० एमएमको दुई सय ५०, एक इञ्चको डेड सय र ३२ एमएमको एक सय मिटर पाइप बाढीले बगाएको छ ।

सुन्तला खेतीको पकेट क्षेत्र बास्कुनामा सिचाई आयोजनाको पाइप पनि बाढीले बगाएको छ । ४१ घरधुरीमा खानेपानी आपूर्ती बन्द भएको छ ।

बाढीले पु¥याएको क्षतिका बारेमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनपा ४ का वडा अध्यक्ष गोविन्द पौडेल, ३ का अध्यक्ष पदम पुन लगायत जनप्रतिनिधी र सुरक्षा निकायलाई जानकारी गराएको स्थानीयले बताएका छन् ।

हाँडेभिर–बरंजा सडक उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङले सडक मर्मत गरेर सञ्चालनको पहल गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार