म्याग्देली लोक गायक हेमन्त कान्छाको बालापन

काठमाडौं,आइतबार बैशाख २९ गते ।
लोकप्रिय सारंगी बाधक तथा लोक गायक हेमन्त कान्छा रसाइलीको बालापन सार्वजनिक भएको छ ।

म्याग्दीको मालिका गाउँपालिका ४ छापमा जन्मीएका हेमन्तले बालापनका विभिन्न घटनाक्रमलाई समेटेर ‘बालापन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

अहिले हेमन्तको उक्त गीतले चर्चा बटुलिरहेको छ । सार्वजनिक गीतमा गायक स्वयमः को शब्द तथा संगीत समावेश गरिएको छ ।

गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक हेमन्त, अरुषी भुसाल, अभिषेक रसाइली, खेम घर्ती, कृष्ण खड्का र राजेन्द्र महराले अभिनय गरेका छन् ।

बालापनको म्यूजिक भिडियो :

कान्तिपुर साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार