रघुगंगा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो ।

गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत झिंमा दलित ,एकल महिला र अपाङगता गरी २० जना जेष्ठ नागरिक र गरिब,विपन्न तथा दलित परिवारका २० जना विद्यार्थीलाई पाखापानीका ४० जेष्ठ नागरिकलाई सम्मान र २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकलाई दोसल्ला ,स्वास्थ्य सरसफाइका सामाग्री ,भिटामिन तथा विद्यार्थीहरुलाई कापी ,कलम र झोला वितरण गरिएको छ ।
गाउँपालिकाले सबै आठ वटै गाउँपालिकाका जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

दलित, एकल तथा अपाङगता भएका जेष्ठ नागरिक तथा गरिब,विपन्न र दलित परिवारका विद्यार्थीलाई हौसला प्रदान गर्न सम्मान एवम् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार