मुनामा सरसफाई शिक्षा सम्बन्धी अभिमुखिकरण

मुना,सोमबार जेठ ६ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुुनामा वडा स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितीलाई सरसफाई शिक्षा सम्बन्धी अभिमुखिकरण गराइएको छ । कदम म्याग्दीको आयोजना ,गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा कार्यक्रम समापन भएको हो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाका सबै वडा सरसफाई उन्मुख तर्फ अगाडी बढेको बताउनुहुँदै दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिकालाई सरसफाई युक्त बनाइने जानकारी दिनुभयो । उहाँले सरसफाइ भएमा मात्र स्वस्थ्व समाजको कल्पना गर्न सकिने बताउनुभयो । स्वस्थ स्वच्छ समाज निर्माणका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

एक दिन सम्म संचालन हुने कार्यक्रममा २५ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । वडा अध्यक्ष पुर्म पुन मगरको अध्यक्षता र कदम म्याग्दी वास सहजकर्ता होसियार सिं विकको संचालनमा कार्यक्रम समापन भएको थियो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार