लमसुङमा नेतृत्व विकास तथा उद्घोषण कला तालिम

बेनी,बुधबार जेठ ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा नेतृत्व विकास तालिम तथा उद्घोषण कला तालिम संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ४ गतेदखी सो तालिम सुरु भएको हो ।


१० दिन सम्म संचालन हुने सो तालिममा ४८ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । दुर्गम क्षेत्रमा रहेको लमसुङका महिला तथा युवाहरुको नेतृत्वको क्षमता विकास गर्ने उद्धेश्य सहित तालिमको आयोजना गरिएको आयोजक वडाध्यक्ष . गमप्रसाद विकले जानकारी दिनुभयो। तालिममा प्रक्षिक अधिवक्ता ममतादेवी शर्मा र सहायक प्रशिक्षक निरु छन्त्यालले प्रशिक्षण गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार