आदिवासी जनजाती विद्यार्थी महासंघको अध्यक्षमा चौधरी

समिर रोका मगर /पोखरा ,शुक्रबार असार ६ गते । आदिवासी जनजाति विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको शुक्रवार सम्पन्न प्रथम् अधिबेशनले एट्लान्टिक चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुशिल श्रेष्ठ , सरोज श्रेष्ठ , सचिब मुना श्रेष्ठ , सहसचिव बिबेक श्रेष्ठ , कोषाध्यक्ष मनिषा चौधरी चयन भएका छन् । यसैगरी समितिका सदस्यहरुमा बिकास गुरुङ, सुदिप चौधरी , सौगात श्रेष्ठ , ममता सिन्जाली , निबेश तामाङ, प्रतिक्षा श्रेष्ठ, ज्ञानु मगर, सुदित श्रेष्ठ , रेखा श्रेष्ठ , काजोल मगर , कबिता आले , प्रजोल श्रेष्ठ, र सागर मानन्धर रहेका छन् ।

एन्टालिक चौधरिको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन मुना श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लगायत नेपाल आदिबासि जनाजाति महासघ कृषि तथा बन विज्ञान विश्वविद्यालयका अध्यक्ष भिमसेन श्रेष्ठ,नेपाल आदिवासी महासंघ कास्की जिल्ला उपाध्यक्ष दिनेश रोका मगर, नेपाल आदिवासि जनजाति महासघ कास्की जिल्ला सचिब प्रेम बूढा मगर , नेपाल आदिबासि जनजाति महासंघ पृथ्बिनारायण क्याम्पस अध्यक्ष अनिल पुन मगरको उपस्थित रहेको थियो ।

आदिबासि जनजाति महासंघ पुरनचौरले आदिबासि अभियान्ताहरुद्दारा प्रशिक्षण दिने लगायत विद्यार्थीहरुलाई आदिबासि जनजातिको बिषयमा आगामी दिनहरुमा विद्यार्थीहरुका लागि कार्यक्रम आयोजना गरिने नेपाल आदिबासि जनजाति महासंघ कास्कीका जिल्ला सचिब प्रेम बूढा मगरले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार