मालपोत कार्यालयमा अनलाइन सेवा सुचारु

म्याग्दी ,बिहिबार असार १२ गते । मालपोत कार्यलय म्याग्दीले अनलाइन सेवा शुभराम्भ गरेको छ । मालपोतबाट प्रदान गरिने सेवा सुविधाई जनमुखी र ग्राहकमुखी बनाउन अनलाइन सेवा सुचारु गरिएको जिल्ला मालपोत कार्यलयका प्रमुख अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा प्रदान हुनेछन् ।

अनलाइन सेवाको डाटा सँबन्धीत मन्त्रालयमा सुरक्षित रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय हुने प्रमुख अधिकृत पौडेलले जानकारी दिनुभयो । मालपोतमा अनलाइन सेवा प्रवाह संगै नयाँ प्रविधिअनुसार, पारदर्र्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्ने लगायतका काम हुने अपेक्षा गरिएको छ ।


सुगम सदरमुकाम बेनी बजार संगै दुर्गम गाउँबाट जग्गाको पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयौँ सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गर्नुभएको थियो । प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार