मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?

साधन राम्जाली /बेनी ,बुधबार जेठ २९ गते ।
जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्यालय सञ्चालन गरेको हो ।


स्थानीय तहको निर्वाचन भएर दुइवर्ष वितिसक्दा पनि ६ नम्बर वडा कार्यालय गाउँ फर्किएको छैन । आफ्नै वडामा कार्यालय स्थापना गरेर सेवाप्रवाह गर्न स्थानीयवासीहरुले गरेको अनुरोधलाई वेवास्ता गर्दै दुइवर्ष देखि ७ नम्बर वडा बेनीबजारमा कार्यालय राखिएको हो ।

वडाबाट कार्यालय संचालन नहुँदा स्थानीयबासीहरुले सास्ती व्यहोरेका छन् । बेनपा ७ मा सम्पर्क कार्यालयका नाममा वडा कार्यालय नै सञ्चालन गरिएको छ । संघियता कार्यान्वयन संगै घरदैलोमै सेवा सुविधा पाउने आशमा बसेका वडाबासीहरु सामान्य काम कारबाही, सेवा तथा सुविधाका लागि अर्को वडामा धाउनु परेको स्थानीइवासीहरुले गुनासो गरेका छन् । संघियताको अनुभुती गर्न पाएका छैनौं पटक पटक कार्यालय सार्न अनुरोध गर्दा जनप्रतिनिधिले वेवस्ता गरेका छन् स्थानीय युवा सुनिलबहादुर बानिायँले भन्नुभयो ।

सम्पर्क कार्यालयको नाममा जनप्रतिनिधिको सुविधाका लागि अर्कै वडाबाट सेवा संचालन हुँदा वडा बासीहरुलाई सास्ती हुनुका साथै जनताले तिरेको कर भाडाको रुपमा अनावश्यक खर्च हुने गरेको स्थानीय युवा स बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘वडा कार्यालयको सेवा प्रवाह वडाबाट नै संचालन नहुँदा हामिले सामान्य सेवा लिन पनि बेनी बजार धाउनुपर्ने बाध्यता छ ।, वडा कार्यालय वडा नं ६ बाट नै संचालन हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

यता वडा अध्यक्ष कृष्ण बानियाँले भने वडाको भुगोल ठुलो र छरिएर रहेकाले जनताको सेवा सुविधालाई लक्षित गरि बेनपा ७ मा सम्पर्क कार्यालय स्थापना गर्न बाध्य भएको बताउनुभयो । उहाँले चुनावमा जनतासामु गरेको प्रतिबद्धता अनुसार नै सम्पर्क कार्यालय बेनीबाट संचालन गरिएको बताउनुभयाे ।

मुख्य कार्यालय वडाको अर्थुङ्गेमा नै स्थापना गर्न लागेको बताउनुहुँदै वडा कार्यालय स्थापना भए पनि वडाबासीको सेवा सुविधाका लागि सम्पर्क कार्यालय भने यथावत राखीने उहाँको भनाई छ । नवविकल्प साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार