![](https://myagdinews.com/wp-content/uploads/2019/06/IMG_8632.jpg)
प्रताप बानियाँ /म्याग्दी, सोमबार असार २ गते । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/IMG_8632-1024x683.jpg)
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीलाई सुझाव दिएका छन् । उनले समुदायस्तरमा रहेको बालरोग न्युनीकरण र व्यवस्थापन गर्नका लागि मुख्य दायित्व स्वास्थ्यकर्मीको भएको हुँदा यसमा सरोकारवालाहरु सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/IMG_8638-1024x683.jpg)
तालिममा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको परिचय, २ महिनादेखि ५ वर्षसम्मका बिरामी बच्चाको एकीकृत जाँच तथा व्यवस्थापन, पखाला ज्वरो र कानको मूल्याङ्कन एवं वर्गीकरण, कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ र जुकाको औषधी खुवाए नखुवाएको जाँचलगायत विभिन्न विषयहरुमा सहजीकरण भैरहेको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/IMG_8642-1024x683.jpg)
आगामी ५ दिनसम्म चल्ने तालिममा जिल्लाको ६ ओटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिमको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल अधिकृत डाक्टर शिव भण्डारी, स्वास्थ्य कार्यालय म्याग्दीका पोषण अधिकृत भरत उपाध्याय, पब्लिक हेल्थ नर्स राधिकादेवी शर्मा, सुआहाराका मातृशिशु स्वास्थ्य तथा लैङ्गिक अधिकृत शान्ति थकाली, सिङ्गा स्वास्थ्यचौकीका इन्चार्ज मनिसादेवी पौडेल र झीँ स्वास्थ्यचौकी इन्चार्ज प्रेमचन्द्र जयसवालले सहजीकरण गरिरहेका छन् ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/IMG_8627-1024x683.jpg)
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले उद्देश्यमाथि प्रकाश पारेको तालिमको सुआहारा म्याग्दीका फिल्ड संयोजक रनबहादुर सारुमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।