म्याग्देली कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक

म्याग्दी,विहिबार असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।


दुई बर्षदेखी सांगितीक क्षेत्रमा लाग्नुभएका रोकाको शब्द सृजना रहेको सो गितमा गायक दिपक कुंवर र गायिका निशा केसीले स्वर दिनुभएको छ । भिडियो हेर्नुहोस् :


माया प्रेममा आधारित लोक गितको म्युजिक भिडियोमा चर्चित कलाकार किसान भण्डारी,आयुष्मा कार्की ,बलाराम भुर्तेल ,मनिषा ठकुरी लगायतको मुख्य अभिनय रहेको छ । काठमाण्डौंको धुलिखेल आसपासका स्थानंमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन कृष्ण पौडेलले गर्नुभएको छ भने सम्पादन सिताराम भट्टराईको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार