तातोपानीमा तेक्वान्दो डोजाङ्ग

बेनी, शुक्रबार असार ६ गते । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ ।

प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा रेजिना खड्का र कोषाध्यक्षमा रिना बुढाथोकी रहनुभएको छ ।


सदस्यहरुमा हिमाल बानिया, लिला घर्ती, दल छन्त्याल, खिरमाया पुन, होमबहादुर खड्का, लालबहादुर किसान, गुञ्जबहादुर कार्की र कमला खाती रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार