च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम

म्याग्दी,सोमबार असार १६ गते । जिल्लाको मालिका गाउँपालिका –४ च्युरीबोट र सोही वडाको ओखरबोटका कृषकहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तीन दिने तालिम दिइएको हो ।

तरकारी खेतीलाई व्यावसायीक बनाउन र किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रदान गरिएको कृषि शाखा संयोजक खेमराज भट्टले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्नुहुदै गाउँ कार्यपालिका सदस्य मनरुपा घतीले कृषिलाई व्यावसायीक रुपमा जोड दिन सकेमा स्थानीयको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले बेमौसमी तरकारी उत्पादनका लागि गाउँपालिकाले सिंचाई आयोजनालाई जोड दिएको बताउनुभयो ।

तालिममा वडा नं ४ का कृषि प्राविधिक गणेश चोखाल र संयोजक भट्टले प्रशिक्षण दिनुभएको छ । च्युरिबोटमा १२ गतेदेखी १४ गते सम्म संचालन भएको तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । भने १५ गतेदेखी संचालन भएको तालिम १७ गते सम्पन्न हुने तालिममा पनि ३५जनाकाे सहभागिता रहेकाे कृषि प्राविधिक चोखालले जानकारी दिनुभयो ।


ओखरबोट संचालित तालिमको कार्यपालिका सदस्य उदविररसाईलीले गर्नुभएको थियो । तालिममा उन्नत जातको तरकारीको विउविजन वितरण गरिएको छ। तालिममा व्यावसायीक तरकारी खेतीको सम्भावना र चुनौती लगायत तरकारी खेती सम्बन्धी जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार