म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै

म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ ।


कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फिलीपिन्समा आयोजना हुन लागेको प्रतियोगितामा सहभागि हुनु हुने भएको हो ।

नेपालको प्रतिनिधित्व गरेर प्रतियोगितामा भाग लिन लाग्नुभएकी गर्बुजा पुनले नेपाल र आफ्नो जन्मभुमी म्याग्दीलाई विश्वमा चिनाउने लक्ष्य लिएको बताउनुभयो । प्रतियोगितामा विश्वका विभिन्न देशहरुले सहभागिता जनाउनेछन् । होटल व्यवस्थापन संकायमा काठमाडौको साउथ वेष्टर्न स्टेट कलेज कक्षा १२ मा अध्ययनरत गर्बुजा पुनले पाउद्धार माविबाट एसईई उतिर्ण गर्नुभएको थियो ।

दुर्गम गाउँकी किशोरीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर पाउनु जिल्ला तथा नेपालको लागि गौरवको विषय भएको पुनका मामा वुद्धी पुनले बताउनुभयो ।


एयर होस्टेज बन्ने लक्ष्य लिनुभएकी गबुर्जा पुने पढाई र प्रतिभालाई संगसंगै अगाडी लैजाने बताउनुहुन्छ । गबुर्जा पुनले आफ्नो कामबाट बुवा आमा सन्तुष्ट रहेको र उहाँहरुबाट राम्रो साथ सहयोग पाएको बताउनुभयो । काठमाडौमा आमा, दाजु र बज्यै संगै बस्दै आउनुभएकी गर्बुजा पुनका बुवा भने रोजगारिको शिलशिलमा विदेशमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार