प्रहरी जवान पौडेल सम्मानीत

म्याग्दी,बुधबार असार १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेल सम्मानीत हुनुभएको छ । प्रहरी जवान पौडेललाई कार्यमुल्याङकनका आधारमा वेष्ट पोलिस अफ ड मन्थबाट सम्मान गरिएको हो ।


लागु औषध नियन्त्रण , अपराधिक क्रियाकलापमा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको तथा ट्राफिक कार्यक्रम संंचालन गरी सवारी दुर्घटनालाई न्युनीकरण गर्नमा सहयोग पु¥याएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमका विच प्रहरी जवान पौडेललाई असार महिनाको उत्कृष्ट प्रहरीबाट सम्मान गरेको हो । प्रहरी जवान पौडेललाइै प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार