विमला ‘सँगै नाचेर’ बजारमा आइन्

म्याग्दी शनिबार साउन ०४ गते ।

गरौँ आज तीजको कुरा
लाइछौ सारी हातभरी चुरा
सँगै नाचेर,
रमाइलो गराँैला सँगै नाँचेर ।
फनफनी घुमेर कम्मर भाँचेर ।।

माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यसैक्रममा म्याग्देली चेली विमला श्रेष्ठको तीजको गीत ‘सँगै नाचेर’ बजारमा आएको छ ।

सरोज लामाको शब्द तथा सङ्गीत रहेको ‘सँगै नाँचेर’ २०७६ तीजको गीतमा स्वर रहेको छ विमला श्रेष्ठ र धनबहादुर गरुङ्को । सरोज लामा र रितु तामाङ्को अभिनयले गीतको भिडियो आकर्षक बनेको छ । आफ्नै प्रतुती रहेको गीतलाई अनमोल फिल्मस् प्रालिले आफ्नै युट्युवबाट आजैमात्र सावैजनिक गरेको हो । सरोज लामाकै निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठको छायाङ्कन रहेको छ भने सम्पादन दिपक विष्टले गरेका छन् ।


गीत सङ्गीतलाई सानैदेखि माया गर्ने र मन पराउने विमलाले २०७२ सालमा युवराज आचार्यको सहयोगमा अर्जमको तीजको मेलामा गएर गीत गाउने अवसर पाएपछि भने साच्चिकै उनी गीत गाएर म अगाडि बढ्न सक्छु भन्ने अठोटका साथ साङ्गीतिक दुनियाँमा आईपुगेकी हुन् । त्यपछि नै उनी साङ्गीतिक साथीहरुसँग सम्पर्क बढाउन थालिन् ।

सहयोगी हातहरुपनि बढ्न थाले । २०७३ सालमा ‘खुसी आँसुले लैदियो’ लोक दोहोरी गीत निकाल्न सफल पनि भइन् । उनलाई म्याग्दी लोक तारा–२ का विजेता शक्ति छिनालले गायनमा साथ दिए ।

बाबुराम रसाईलीको शव्द सङ्कलन रहेको उक्त गीतमा ध्रुव जिसी र शारिका केसीको मोडलिङ रहेको थियो । भुपेन बानियाँको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो बजारमा आएपछि उनमा आत्म विस्वास बढ्दै र चुनौतीहरु पनि थपिदै गए । २०७४ मा कमल सुशान्त सिंहसँग ‘के आयो जमाना’ तीजको गीत गाएकी उनले अहिलेसम्म चार ओटा गीतमा स्वर दिएक िछन् भने तीन एल्वमहरु बजारमा ल्याएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार