जेसिजद्धारा पर्यटकीय लभ्लीहिल जाने पदमार्गमा वृक्षारोपण

म्याग्दी आइतबार साउन ५ गते । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी –मोना– लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर्यटकीय स्थलमा आउने पर्यटकलाई टेवा पुग्ने बताउनुभयो । पर्यटकीय स्थल लभ्लीहिलमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वृक्षारोपण गरिएको जेसीजका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

जेसीजका अध्यक्ष मगरको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्तममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी अधिकारी, नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जय श्रेष्ठ, शाखाका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ लगायतका पुर्व अध्यक्ष र कार्यसमितिहरुको उपस्थितमा ५० भन्दा बढी फूलहरुको बोटहरु रोपिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार