पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यूटावर निर्माण

जगत बानियाँ /मंगला, शनिबारसाउन ११ गते । मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो ।

गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत रु १० लाख र स्थानीयको ६ लाख बराबरको श्रमदानमा तीनतले भ्यू टावर निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष नरमाया घर्तीले जानकारी दिनुभयो ।

निर्माण गरिएको भ्यूटावरको शुक्रवार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकामगर,उपाध्यक्ष सिर्जना केसी,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,३ र ४ का वडा अध्यक्ष र गाउँपालिकाका अन्य कर्मचारी सहितको टोलीले भ्यूटावरको अवलोकन गर्नुभएको छ ।

भ्यूटावरका साथै गाउँपालिकाले पर्यटक विश्राम गर्ने प्रतिक्षालय र टाव सम्म पुग्ने पदमार्ग निर्माण गरेको छ । झाक्रीपानीमा भौतिक पूर्वाधारको विकास गरी पर्यटक भित्राउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

झाक्रीपानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिकाले यहाँका स्थानीयहरुलाई होमस्टे तालिम प्रदान गरेको छ । तालिम पाएपछि झाक्रीपानीमा यतिखेर होमस्टे सञ्चालन भएको छ । भ्युटावरको निर्माण पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

झाँक्रीपानीबाट मनोरम हिमशृङ्खलाको दृश्यवलोकनका गर्न सकिन्छ । यहाँबाट संसारको सातौं अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइने ३ नम्बर वडा अध्यक्ष कविन्द्र रोकाले बताउनुभयो ।यहाँ गुराँस फुल्ने सिजनमा राताम्मे लालिगुरास र हिमालहरुको दृश्यालोकन निक्कै आकर्षक देखिन्छ ।

पर्यटकीय महत्व बोकेको झाँक्रीपानीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्ति गरि भ्युटावर, होमस्टे निर्माण संगसंगै स्थानीय ५४ कुरिया मगरहरुको मौलिक लोक संस्कृतिको संरक्षण तथा उत्थान सुरु भएको स्थानीय झाँक्रीपानी भ्युटावर निर्माण उपभोक्ता समितिका सचिव कोमल थापा मगरले जानकारी दिनुभयो ।

झाँक्रीपानीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईलाई सहज बनाउन झाँक्रीपानीमा होमस्टे निर्माण हुन लागेको स्थानीय एकिकृत सामुदायिक भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष सोमबहादुुर छन्त्यालले बताउनुभयो ।

यसैगरी झाँक्रीपानीमा आउने पाहुनालाई स्वागत गर्न स्थानीय ५४ कुरिया मगरहरुको मौलिक संस्कृति तथा भजनको उत्थान र प्रचारप्रसारका लागि स्थानिय सुरक्षित मातृत्व आमा समूह जुटेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई झाँक्रीपानीमा भिœयाउन सकेमा स्थानीहरुलाई रोजगारीको सृजना गरि उनिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने वडा नं ४ का अध्यक्ष ओमबहादुर रोका मगरले बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार