रघुगंगाको तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना

म्याग्दी,सोमबार साउन १३ गते । जिल्लाको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको २४ औँ पोष्टको रुपमा तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रमुख अधिकारी लिलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले शान्तिलाई प्रभावकारी बनाउन पोट स्थापना गरिएको बताउनुभयो । उहाँले समाजका हरेक सचेत नागरिक बर्दी विनकोप्रहरी भएकाले गाउँघरमा हुने अपराधजन्य सूचनामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तिप्ल्याङमा मुस्ताङ आवतजावत गर्ने पर्यटक, बजार क्षेत्र र दुई गाउँपालिकाको सिमानामा लक्षित गरी प्रहरी पोष्टको भुमिका रहने प्रनाउ मरासिनीले बताउनुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रहरी पोष्ट स्थापना संगै मुस्ताङ जाने पर्यटक र तिप्ल्याङ बजार वासीलाई राहत पुग्ने बताउनुभयो । उहाँले प्रहरी पोष्ट स्थापना संगै सामाजिक बिकृती ,अपराधजन्य घटनामा कमी आउनुका साथै शान्ति सुरक्षा मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार