देविस्थान बेनी सम्पर्क समितिको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम

बेनी,शनिबार भदौ ७ गते ।
विभिन्न शिलशिलामा सदरमुकाम बेनी बजारमा बसोबास गर्दै आएका जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान बासीको साझा संस्था बेनी –देविसथान सम्पर्क समितिको वार्षिक उत्सव,दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न भ्एको छ ।

बेनी देविस्थान सम्पर्क समितिको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष पिपला बुढाले विभिन्न कारणले गाउँ छाडी बसाईसराई गरेपनि गाउँको मौलिक संस्कृतीको जगेर्ना संगै आफन्त विचको भाइचाराको सम्बन्धलाई भने प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष सुवेदार दिल बहादुर पुनले गाउँका मौलिक संकृतिको पहिचान तथा पर्यटकीय स्थलको प्रवद्र्धन र देविस्थानबाट विभिन्न शिलशिलामा बेनीमा बसोबास गर्ने देविस्थान बासीहरुलाई सुखदुखमा एकअर्काको साथ सहयोग मिलोस् भनी सम्पर्क समिति गठन गरिएको बताउनुभयो ।

समाजसेवी एवं महिला अधिकार कर्मि विमला गौचन , आर्थिक संयोजक कृष्ण बहादुर पुन मगर लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सम्पर्क समितिकी कोषाध्यक्ष लक्ष्मी पुर्जा पुनले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा देविस्थान युवा महिला संजालकी अध्यक्ष इन्द्रामति फगामी लगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सुवेदार पुनको अध्यक्षता ,सहसचिव धन बहादुर घर्तिको स्वागत तथा सचिव सन्दिप विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । एक बर्ष अघि स्थापना भएको सम्पर्क समितिलाई पाँच हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार