नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स

प्रताप बानियाँ
म्याग्दी, शनिबार भदौ ७ ।
महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो ।

महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन् । उनले महालक्ष्मी लाइफ ईन्स्योरेन्समा अन्य बीमा कम्पनीहरुको तुलनामा आकर्षक तथा धेरै सेवासुविधाहरु रहेको भन्दै लगानी फिर्ता तथा दोब्बर भुक्तानी योजना समेत रहेको बताएकी छिन् ।

बीमाका अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर बन्न सुझाव दिँदै क्षेत्रीय प्रमुख आचार्यले टिम विस्तारका साथै ईन्स्योरेन्सका आकर्षक योजनाहरुबारे गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिइन् । २०७५ साल माघ २७ बाट काराेबार सुरु गरेकाे महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने देशैभर ५० भन्दाबढी शाखाहरु सञ्चालनमा आइसकेका छन् । शाखाहरु स्थापनाको ५ महिनाको अवधिमा मात्रै २५ करोड प्रथम बीमा शुल्क सङ्कलन गर्न महालक्ष्मी लाइफ ईन्स्योरेन्स सफल भएको दावी गरेको छ ।

बेनीमा स्थापना भएको पहिलो महिनामै आफ्नो टार्गेट पुरा गरेको महालक्ष्मीले साउन महिनामा गण्डकी प्रदेशमा म्याग्दी शाखा पहिलो हुन सफल भएको शाखा प्रमुख रबिन जिसीले बताए । देशभरीको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेकोमा पछिल्लो समय भने बीमाप्रति आम मानिसहरुको आकर्षण बढ्दै गैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार