कुकुरले उद्दार गर्यो पहिरोमा पुरिएका व्यक्ति

एजेन्सी,विहिबार साउन १६ गते । कुकुर घरपालुवा र वुद्धिवान जनावर हो । कुकुरलाई अर्को एक विशेष प्रकारको शक्ति मिलेको छ । त्यो भनेको गन्धका कारण पत्ता लगाउने आश्चर्यजनक शक्ति । कुकुरले विभिन्न प्रकारका हत्याकाण्डको पत्ता लगाउन सहयोग गर्ने मात्र होइन, बिस्फोटक घटनाको पूर्व जानकारी समेत दिन्छ । त्यतिमात्र होइन विपतमा परेका व्यक्तिको उद्दारमा पनि उसको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

भारतको जम्मु काश्मीरमा सुरक्षाफौजको तालिम प्राप्त एक कुकुरले पहिरोमा पुरिएका एक व्यक्ति रहेको स्थान मात्र पत्ता लगाएन, पुरिएका व्यक्तिलाई निकाल्न समेत सहयोग गर्यो । भारतीय सेना र सीआरपीएफको टोलीले उद्दारमा कुकुरको सहयोग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बुधवार बिहान सुरक्षाकर्मीको टोली गस्तीमा निस्किएको बेलामा कुकुरले पहिरोमा खोज्न थाल्यो । त्यसपछि उसले जमिन खोस्रिएर पत्ता लगायो त्यहाँ मानिस छ । उक्त व्यक्ति रातभर पहिरोमुनी पुरिएको थियो । कुकुरको सहायतामा उद्दार गरिएका व्यक्तिलाई तत्काल अस्पताल लगिएको छ । अहिले उसको अवस्था राम्रो रहेको छ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार