चौथो जिल्ला सभा ,सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भयो ः मन्त्री थापा

म्याग्दी,आइतबार साउन १९ गते । संघिय सरकारका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाइ सम्बोधन गर्दै मन्त्री थापाले भित्रि र बाहिरी शक्तीको चलखेल बढेको बताउनुभयो ।

सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई असफल बनाउन भित्री तथा बाहिरी शक्तीहरु अनेक ढंगले लागि परेको मन्त्री थापाको भनाई छ । जनताको विश्वास प्राप्त गरेको सरकारलाई कुनै पनि हालतमा असफल हुन नदिने मन्त्री थापाले दावी समेत गर्नुभयो ।

‘देशलाई असफल बनाउन र अप्थ्यारोमा पार्न बाहिरी शक्ती चारैतीरबाट अनेक ढंगले लागिपरेको छ’ ,मन्त्री थापाले भन्नुभयो ्, ‘तपाइहरुले देखिरहनुभएकै छ विना कारण संसद्य अवरुद्ध भइरहेको छ । संसद्यको नेता भनेको प्रधानमन्त्री हो , सरकारले गरेका काम र जनताले उठाएका विषयमा प्रष्ट पार्छु भन्दा प्रधानमन्त्रीलाई बोल्न दिँइदैन् । यसरी सरकारलाई असफल बनाउन चौतर्फी अनेकन प्रयत्न भइरहेका छन्,त्यो प्रयत्न सफल हुन सक्दैन’् उहाँले भन्नुभयो ‘ शक्ति केन्द्रहरुको षडयन्त्रलाई चिरेर सुखी नेपाली समृद्ध नेपाल निर्माणमा सरकार सफल भएरै छाड्छ ।’

सरकार आएपछि विभिन्न विकास निर्माणका कार्य भएको र गति लिन थालेको मन्त्री थापाले बताइन् । मन्त्री थापाले भ्रष्टाचारीहरु धमाधम पक्राउ परेको बताउँदै अव उन्मुक्ती पाउने अवस्था नभएको दावी गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यतिखेर भ्रष्टाचारीहरुलाई धमाधम नियन्त्रण लिइ मुद्धा चलाउने काम गरेको बताउँदै मन्त्री थापाले भन्नुभयो ‘भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउँदैनन् ।’ भ्रष्टाचार नियन्त्रणमा सरकार कडा रुपमा प्रस्तुत भएकाले स्थानीय तहका जनप्रतिनिधि,राजनीतिक दल र कर्मचारीहरुले अभियानलाई साथ दिन उहाँले अनुरोध समेत गर्नुभयो ।

संघिय सरकारले अघि सारेको लक्ष्यलाई पुरा गर्ने स्थानीय सरकारको दायित्व भएकाले प्रभावकारी रुपमा स्थानीय सरकारले काम गर्नुपर्ने उहाँको भनाई छ । मन्त्री थापाले स्थानीय तहमा भएका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न जनप्रतिनिधिहरु सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने बताउनुभयो ।

ग्ण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशले ल्याएको नीति तथा कार्यक्रमालाई स्थानीय सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले स्थानीय तहमा पठाएका योजनालाई अपनत्व ग्रहण गरेर सफल रुपमा कार्यन्वनय गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरु लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारलाई आर्थिक रुपमा सम्पन्न बनाउन जलस्रोत,पर्यटन,कृषी , र जडिबुटीलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

मन्त्री पुनले प्रदेश सरकारले दुई बर्ष भित्रमा निरक्षरताको अन्त्य गरी पुर्ण साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यसैगरी प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाले चालु आर्थिक वर्षमा सरकारले ल्याएको नीति कार्यक्रम र बजेट जनमुखी भएको बताउँदै कार्यन्वयनमा जनप्रतिनिधि,राजनीतिक दल र कर्मचारीहरुले कुशलता प्रदर्शन गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रम संविधानसभाका सदस्यहरु गोविन्द पौडेल,नबराज शर्मा,रेशम बहादुर बानियाँ,प्रदेश सांसद विनोद केसी, नेकपाका कार्यालय सदस्य बालकृष्ण सुवेदी,प्रमुख जिल्ला अधिकारी ज्ञान नाथ ढकाल, नेपाली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन लगायतले स्थानीय तहलाई सफल बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षता ,जिसस सदस्य शेरबहादुर केसीको स्वागत र जिसस अधिकृत अर्जुन शर्माको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष छवि विश्वकर्मा,नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार