एक नम्बर ट्रेन्डिङमा भ्वाइस अफ नेपाल (भिडियो सहित )

काठमाडौं,सोमबार भदौ ९ गते । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता लगातार एक नम्बरमा रहेको ‘कृ’ भ्वाइस अफ नेपाल एक नम्बरमा पुगेपछि दुई नम्बरमा धकेलिएको हो ।
भ्वाइस अफ नेपाल सिजन–२ को कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत छन् । भ्वाइस अफ नेपालको पहिलो सिजनको विजेता सिडी विजय अधिकारी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार