विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ

काठमाडौं शनिबार भदौ २८ गते । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । सोही संस्थाको उपाध्यक्ष थिए ।

महासचिवमा निर्वाचित भएपछि उनले उक्त जित नेपालको भएको सामाजिक सञ्जालमा लेखेका छन् । ‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी९शुभेच्छुकमा धन्यवाद,’ उनले लेखेका छन्, ‘यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो । सबैमा बधाइ, सबैमा शुभकामना ।’ नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार