दिदीबहिनी सहकारीको आठौं साधारणसभा सम्पन्न

बेनी ,शनिबार भदौ २८ गते ।
म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाचौरकी निशा सुवेदी र भीरमुनीका डेकनाथ शर्मालाई क्रमशः १० हजार एकसय ११ रुपैयाँका दरले सहयोग गरेको छ । यसैगरी पुलाचौरको बसन्त आधारभूत विद्यालयलाई ११ हजार एकसय ११, राखुपिप्लेकी मृगौलापीडित पार्वती विक, अनन्त स्मृति कोष बेनी र भकिम्लीको हेपाटाईटिस बिरामीलाई क्रमशः पाँचहजार पाँचसय ५५ र बेनपा–२, ज्यामरुककोटका दृष्टिविहिन आइते नेपालीलाई पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारी तथा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रालाई सम्मान ,एकल महिला प्रोत्साहन भत्ता ,जिल्लामा क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्य लगायत सहकारीमा आवद्ध महिलाहरुलाई विभिन्न विदामा सम्मान गरेको थियो ।

कार्यक्रममा सहकारीकी सल्लाहकार एवम् मालिका गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले उद्घाटन गर्नुभयो । सल्लाहकार एवम् गाउँपालिका उपाध्यक्ष विटालुले महिलाहरुको आर्थिक विकास संगै बचत गर्ने बानीको विकासमा सहकारीले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले उत्पादनमुलक कृािष,उद्योग ,पर्यटन लगायत उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

‘सरकारले अघि सारेको अर्थनिति अन्तर्गत सहरकारी आर्थिक विकासको मुख्य मेरुदण्ड हो’ उपाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विटालुले भन्नुभयो ।‘महिलाहरुको आयआर्जन,कृषि,उद्योग लगायत उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र यस क्षेत्रको विकासमा सहकारीसंग सहकार्य गर्न स्थानीय सकार तयार छ ।’

कार्यक्रममा सहकारीकी अध्यक्ष ज्योति लामिछानेले सहकारीले नाफामुलक मात्र नभई सेवामुलक क्षेत्रमा पनि लगानी गरेका बताउनुभयो । सहकारीले महिलाहरुको आर्थिक तथा सामाजिक क्षेत्रमा ठुलो योगदान पु¥याएको अध्यक्षले लामिछानेको भनाई छ ।

सहकारीकी कोषाध्यक्ष जगत कुमारी खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार कुल ८ सय ६५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी चार करोड २१ लाख ६२ हजार एकसय रुपैयाँ रहेको छ । ११ करोड ८७ लाख ६८ हजार दुईसय ३३ रुपैयाँ निक्षेप सङ्कलन गरेको सहकारीको १३ करोड ५६ लाख ३३ हजार दुईसय २३ रुपैयाँ कर्जा लगानी गरेको छ ।

दुई करोड २६ लाख ४६ हजार दुईसय १८ आम्दानी र एक करोड ८३ लाख ७४ हजार एकसय ३७ रुपैयाँ खर्च गरेको सहकारीले ४२ लाख ७२ हजार आठसय १० रुपैयाँ मूनाफा भएको जनाएको छ । संस्थाले शेयर सदस्य संख्या थप गर्ने र कार्यक्षेत्र बढाउने जनाएको छ ।

कार्यक्रममा शेयर सदस्यहरुले उद्योगमा लगानी गर्नुपर्ने सझाजव दिएका थिए । सहकारीकी अध्यक्ष लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतम सापकोटाको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य लक्ष्मी भण्डारी र एकल महिला तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचनले मन्तव्य राख्नुभएको थियो । साधारणभामा सहकारी सचिव श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्त्ुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार