लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

धु्रबसागर शर्मा
म्याग्दी, सोमबार असोज ६ गते ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।


गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चारकेजी चामल,दाल,नुन लगाएतका १२ हजार रुपैयाँको खाद्य सामाग्री प्रदान गरिएको लेखसाइड युथ क्लवका अध्यक्ष कृष्ण थापाले बताए । सहयोग सामाग्री बेनपा २ का वडाअध्यक्ष हिराबहादुर थापाले बाढी पीडितहरुलाई प्रदान गरेका थिए ।

शनिबार राती ९ बजेदेखि परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगरफाँटका ३ घर पुरेको छ भने पाँच घरमा क्षति पु¥याएको छ । परम्परागत धार परिवर्तन गरेर आएको खोलाको बाढीले तीनवटा घर पुरिँदा भाग्ने क्रममा हराएका दुई बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । उनीहरुको खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार