जनप्रतिनिधी थापाको पारिश्रमिक विद्यालयलाई सहयोग ।

थम्मन थापा
बागलुङ, आइतबार असोज १२ गते ।

गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो ।


सामुदायिक विद्यालय तर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गईरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरु पर्याप्त नहुॅदा र आर्थिक श्रोतको अभावले स्थानिय स्तरमा रहेका शिक्षकहरुलाई तलब भत्ता व्यवस्थापन गर्न समस्या हुॅदै आएको छ ।

आफनो कार्यकालको तलब आर्थिक वर्ष २०७६र०७७ को सुरुवात सॅगै गत साउन देखि लागु हुने गरि वार्षिक रुपमा विद्यालयलाई सहयोग प्राप्त भएको प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताउनु भयो । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानिय श्रोतबाट तलब व्यवस्थापन गरि १० जना निजी श्रोतका शिक्षकहरु रहेका छन भनें २ वटा दरबन्दी रिक्त रहेका छन ।

वि।सं २०४७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुॅदै आएको छ । जनप्रतिनिधी थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केहि कम हुने विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो । विद्यालयमा अहिले वार्षिक झण्डै १० लाख ६८ हजार शिक्षकहरुको तलबको लागि खर्च हुने गरेको प्रधानध्यापक थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार