हिमालय आधारभुत विद्यालयलाई शैक्षिक तथा आर्थिक सहयोग

सुरेन गुरुङ,
शिख ,मंगलबार कात्तिक ५ गते ।

जिल्लाको अन्नपुर्ण गाउँपालिका –५ तल्लाे शिख स्थित हिमालय आधारभुत विद्यालयलाई दुई संस्थाले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका छन् । गाउँपालिका –६ पोखरे बगर स्थित पुन हिल पिस फाउण्डेशनको आयोजनामा विदेशी दुई संस्था रिभर रक आटफिटर र अस्पे (अमेरिकाको ट्राभल एजेन्सी )ले विद्यालयमा अध्ययनरत बालविकासका १२ जना विद्यार्थीलाई झोला वितरण गरेका छन् ।

साथै सोही अवसरमा अमेरिकाबाट आएका रिचार्ड डि माल्टबी ,हुडामु माल्टबी र तेन्जिङ शर्पाले विद्यालयलाई दश हजार रुपैयाँ आर्थिक सहयोग गरेको फाउण्डेशनका अध्यक्ष टक पुनले जानकारी दिनुभयो । सो सहयोग रकम विद्यालयकी प्रअ टकमाया रन्तिजालाई हस्तान्तरण गरिएको छ । सहयोगी संस्थाहरुलाई पुख्र्यौली नृत्य ,आमा समुह र स्थानीयबासीले नाचगान मार्फत स्वागत तथा सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार