शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन

सर्बोदय माविद्धारा देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान

सुरेन गुरुङ
पोखरेबगर,आइतबार कात्तिक २४ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले बस संचालनार्थ शुभ दिपावलीको अवसरमा आयोजित देउसी भैलोको आयव्यय सार्वजनिक तथा देउसी भैलोमा सहभागी कलाकार ,शिक्षक र विधार्थीलाई सम्मान गरेको छ । आइतबार विद्यालयले एक कार्यक्रमको समारहोका विच हिसाबकिताव सार्वजनिक तथा सम्मान गरेको हो । विद्यालयले सञ्चालन गरेको स्कुल बस सञ्चालनार्थ देउसी भैलोबाट ५ लाख पाँच हजार ७ सय ४० रुपैयाँ संकलन भएको विद्यालयका प्रअ किसन बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार देउसी भैलो सञ्चालनमा साढे एक लाख रुपैयाँ बढी खर्च भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले देउसी भैलोले चावपर्व,संस्कृतीको संरक्षण तथा शैक्षिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । सामुदायीक विद्यालयमा बस संचालनका लागि गाउँपालिकाले बजेट विनियोजन संगै आवश्यक पहल गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले शैक्षिक क्षेत्रको विकास तथा निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजनको तयारीमा रहेको जानकारी दिनुभया्े । ‘गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको छ,’अध्यक्ष क्याप्टेन पुनले भन्नुभयो । ‘गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर बृद्धी ,दरबन्दी मिलान,भौतिक पुर्वाधार निर्माण संगै निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक निति,योजना निर्माण तथा बजेट विनियोजन गरिएको छ ।’ देउसी भैलोबाट संकलित रकमलाई सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन सरकारको मात्र एकल लगानी नभई शिक्षक ,विद्यार्थी तथा समुदायको उत्तिकै महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । साथै उहाँले गाउँपालिका भित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामीले देउसी भैलो संचालनबाट संकलन भएको रकम सही सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनको अध्यक्षता तथा शिक्षक नविन पुनको संचालन तथा मुरारी पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देउसी भैलो संयोजक श्याम राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा किम्ला खर्क सामुदायीक वनउपोभोक्ता समेतिबाट ५५ हजार ५ सय ५५ रुपैयाँ , मितेरी आमा समुह ठुलो बगरबाट २० हजार रुपैयाँ तथा शिक्षक शिक्षीका अन्य समाजसेविहरुको तर्फबाट गरी १लाख ८० हजार रुपैयाँ संकलन भएको देउसी भैलो संयोजक रानाले जानकारी दिनुभयो ।


क्लब ,आमा समुह तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साथै सोही कार्यक्रमको अवसरमा कोरियन टेलिकमाले प्रदान गरको फस स्टेपको ब्याग जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सामाजिक व्यत्तित्वहरुलाई वितरण गरिएका विद्यालयका प्रअ पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार