राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही,सह–संयोजकमा खत्री चयन

म्याग्दी ,शुक्रबार कात्तिक २९ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन गरेको छ ।

शाही तत्कालिन युवा संघ नेपालको जिल्ला अध्यक्ष र खत्री तत्कालिन वाईसीएल म्याग्दीको जिल्ला सचिब हुन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो । लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन । दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए ।

ती दुई जिल्लाका संयोजक पछि तोकिने जनाईउको छ । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ । युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार