म्याग्दी मिडिया सोसाइटीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न (तस्बिर सहित)

बेनी ,शनिबार कात्तिक ३० गते ।
जिल्लामा संचालित सञ्चार माध्यमहरुको सझा संस्था म्याग्दी मिडिया सोसाइटीको तेस्रो बार्षिक साधारणसभा समपन्न भएको छ । मिडिया सोसाइटीको शनिबार बेनीमा एक कार्यक्रमका बिच तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

सांसद केसीले सानो बजार तथा सिमित स्रोत साधनका बावजुट पनि जिल्लाको कृर्षि ,पर्यटन ,जलविद्युत ,सामाजिक तथा विकास निर्माणमा सञ्चार माध्यमको भुमिका महत्वपुर्ण भएको उल्लेख गर्नुभयो । सामाजिक विकृती तथा विकास निर्माणमा भएको ढिला सुस्ती तथा बेथीती अन्त्यका लागी स्थानीय ,सरकार ,जनप्रतिनिधी संगै संचार माध्यमको उत्तिकै महत्वपुर्ण भुमिका रहेको सांसद केसीको भनाइ छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी संस्थाहरुमा देखिएका विकृती तथा बेथितीका बारेमा पत्रकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल तथा मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालुले जिल्लाको पर्यटन ,कृषि तथा सामाजिक रुपान्त्ररणमा संचार माध्यमहरुको भुमिका उल्लेखनिय रहको बताउनुभयो । गलत ,बेथिती तथा ढिलासुस्तीका बारेमा सुचना प्रवाह गर्दा डराउन नहुनेमा जोड दिनुभयो ।

संचार माध्यमको सबलीकरण तथा विकासका लागि स्थानीय सरकार र प्रशासन तयार रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सहसचिव भरत बहादुर रकाल,नेकपा जिल्ला सचिवालय सदस्य ,बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल ,नेपाल पत्रकार महासंघ म्याग्दी शाखा सचिव गोरखनाथ सुवेदी ,संस्थापक अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशिल पत्रकारहरुको व्यवस्थापन तथा संचालकमा संचालित संचार माध्यमहरुको हकहित र सबलिकरणका लागि मिडिया सोसाईटी स्थापना भएको बताउनुभयो । अध्यक्ष खत्रीको अध्यक्षता ,सचिव अमित विश्वकर्माको संचालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोसाइटीका कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले आर्थिक ,सचिव विश्वकर्माले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सदस्य सन्तोष गौतमले जिल्ला स्थित संचार माध्यमको परिचय ,चुनौती तथा अवस्थाका बारे जानकारी दिनुभयो । साथै संस्थाले प्रत्येक बर्ष प्रदान गर्दै आएको मिडिया सोसाइटी अवार्ड यस बर्ष कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष आचार्यलाई प्रदान गरेको छ ।

६ हजार पाँच सय रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रले आचार्यलाई सम्मान गरेको हो । सोही अवसरमा सुचना प्रवाहमा सहयोग गर्ने स्थानीय पत्रकारद्धय अन्नपुर्णबाट सेते तिलिजा र रघुगंगा गाउँपालिकाबाट दलप्रसाद तिलिजालाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । संस्थाले संस्थामा आवद्ध पत्रकारको स्वास्थ्य विमाका लागि जनही ३५ सय रुपैयाँ प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार