![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-1.jpg)
सुरेन गुरुङ
पोखरेबगर ,आइतबार मंसिर १ गते ।
नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप पाईजा ,कोषाध्यक्षमा विनिता तिलिजा तथा सदस्यहरुमा रुपबहादुर पुन ,गोपाल पुर्जा,धनबहादुर गर्बुजा ,इन्द्र बहादुर तिलिजा ,यामकुमारी सोन्तन्जा ,महिना तिलिवा ,नारायण पाईजा ,तुलबहादुर गर्बुवा ,खगेन्द्र कुमारी फगामी ,रिमबहादुर पुर्जा बखन बहादुर पुर्जा र बविता पुर्जा रहेको नयाँ कार्यसमिती चयन गरिएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-1.jpg)
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रे जिल्लाकार्य समिति म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सभापति खम्बिरले मगर समुदायको हकहित र अधिकारका लागि सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो । मगर समुदायको मौलिक कला संस्कृती तथा लोपोन्मुख भाषा पहिचानलाई संरक्षण र प्रवद्र्धनमा सरकारले चासो नदेखाएको सभापति खम्बिरको आरोप छ । राज्यको सबै निकायमा मगर समुदायलाई उपस्थिती गराउन सबैले जोड दिनुपर्ने बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-2.jpg)
यसैगरी अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले मगर समुदायको हकहित र अधिकार प्राप्तीका लागि सबै एक हुन आवश्यक रहेको औंल्याउनुभयो । मगर समुदाय संगै अन्य समुदायको मौलिक कला संस्कती तथा भाषा संरक्षणका लागि गाउँपालिकाले जोड दिएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-7.jpg)
कार्यक्रममा जलजला गाउँपालिकाकी उपाध्यक्ष सिमा पुन ,रघुगंगा गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजा ,ओम छन्त्याल ,केबि भण्डारी ,राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य बोम बहादुर पुन,नेपाल महिला संघ जिल्ला कार्यसमिती म्याग्दीकी अध्यक्ष बिमला गौचन , जिल्ला समन्वय समिति सदस्य मेखबहादुर बर्गुजा बेलबहादुर पुर्जा र टंकप्रसाद पुनको उपस्थिती रहेको थियो । साथै सोही अवसरमा एक सय बढीलाई नयाँ सदस्यतापत्र वितरण गरिएको थियो । राष्ट्रिय मगर संघ,जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता तथा खिमकुमारी पुर्जा (खिमा)काे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-4.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-3.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-5.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2019/11/magar-sanggha-6.jpg)