निर्माण व्यवसायी संघद्धारा जिल्ला प्रशासन अगाडी धर्ना

म्याग्दी,मंगलबार मंसिर १० गते । निर्माण व्यवसायी संघ म्याग्दीले सार्वजनिक खरिद ऐनको आठौ संसोधन २०७६ पुन संसोधनको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा संघले बिहान दश देखि ११ बजेसम्म प्रशासनमा धर्ना दिएको हो । संघका अध्यक्ष नारायण जिसीको नेतृत्वमा गएका निर्माण व्यवसायीहरुका टोलीले प्रशासनको प्रवेशद्धार अगाडी धर्ना बसेका थिए ।

गत बैशाखमा संसोधन भएको सार्वजनिक खरिद ऐनमा भएका बैङ्कको त्रेडिट, टर्न ओभर, पुराना ठेक्काको म्याद थप आदी विषयमा भएका व्यवस्थाप्रति असहमति जनाउदै महासंघले दवावमुलक आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

साना र स्वदेशी निर्माण व्यवसायीहरु विस्थापित हुने र स्वदेशी पुजि विदेशिने गरि भएको नीतिगत ब्यवस्थालाई सुधार गर्न माग गरिएको अध्यक्ष जिसीले बताउनुभयो । एक हप्ताभित्र सरकारले मागको सुनुवाई नगरे सबै निर्माणको काम छाडेर उपकरणलाई सडकमा ल्याएर आन्दोलनमा उत्रने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार