नेपाली कांग्रेस सिंगा वडा ईकाइ कार्यसमितिको अध्यक्षमा शाही

म्याग्दी, मंगलबार मंसिर १० गते ।
नेपाली कांग्रेस म्याग्दीले राज्यको पुन संरचना अनुसार वडा स्तरमा संगठन निर्माण सुरु गरेको छ । नगरपालिका र गाउँपालिकाको वडा स्तरको समिति गठन गर्न थालिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि तत्कालीन गाविसमा गाउँ इकाई समिति थिए । नयाँ अनुसार तत्कालीन गाउँ इकाई समितिलाई वडा समितिमा रुपान्तरण गर्न थालेको हो ।

प्रदेशसभा क्षेत्र (क)अन्तरगत बेनी नगरपालिका–४ सिंगामा जिल्ला स्तरका नेता केन्द्रीय प्रतिनिधि डण्डपाणी पराजुलीको उपस्थितिमा भएको कार्यकर्ता भेलाले सु.डम्मर बहादुर शाहीको सभापतित्वमा वडा समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा गणेश बहादुर बानियाँ, सचिवमा सुमन बानियाँ र कुमार केसी,कोषाध्यक्षमा लोकेन्द्र गुरुङ र सह–सचिवमा कुमार शाही चयन हुनुभएको छ । भेलालामा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव क्या.मिन बहादुर कार्कीले भलाई र प्रजान्त्रको रक्षाका लागि सक्रिय हुन निर्देशन दिनुभयो ।

त्यस्तै कार्यक्रममा महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले अहिलेको सरकर भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउनुभयो । कार्याक्रममा जिल्ला सदस्यम मनकुमारी बिक बोल्नुभएको थियो । डम्मर शाहीको स्वागत रहेको कार्यक्रम सचिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार