हेलिकोप्टर मार्फत दृश्यावलोकनले महोत्सव उल्लासमय बन्यो ।

थम्मन थापा

बागलुङ ,विहिबार मंसिर १२ गते ।

मंसिर ४ गतेदेखि बागलुङमा प्रभु दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ सञ्चालन भईरहेको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन मंगलबार देखि सञ्चालन भईरहेको छ । प्रभु हेलिकोप्टर मार्फत दर्शकलाई गलकोट उपत्यका सँगै गलकोटको शिर पर्यटकीय तथा धार्मिक स्थल घुम्टे शिरमा सिद्व भैरव दर्शन गर्नेहरुको आज ओईरो नै लागेको छ ।

दिउँसो १ बजेदेखि हेलिकोप्टर उडान भईरहेको महोत्सव हेलिकोप्टर व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए । घुम्टेमा हिजो १३ ट्रिप गरिसकेको सदस्य खत्रीले बताए । विशेष गरि गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आउन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा आमा र आफन्तजनलाई टिकट बुकिङ गरि हेलिकोप्टर बाट दृश्यावलोकन सँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाएका हुन ।

महोत्सवमा हेलिकोप्टर मार्फतको दृश्यावलोकनले हेलिकोप्टर चढनेहरुले प्रकृतिको मनोरम दृश्य हेर्दै आनन्द त लिएकै छन र बाहिर बसेका दर्शकले समेत आकाश तर्फ आँखा लगाउँदै मनोरञ्जन लिईरहेका छन । हेलिकोप्टर चढेर दृश्यावलोकन गर्दै घुम्टे शिरमा पुगेर सिद्व भैरवको दर्शन आफु प्रफुल्ल भएको र स्वर्गै गएजस्तो अनुभुती भएको गलकोट नगरपालिका ५ हरिचौरका ८७ वर्षिय ज्येष्ठ महिला तिल कुमारी खत्रीले बताउनु भयो ।

पहिले बचपनमा धेरै पटक जाने आउने गरेको भएता पनि बुढेशकालमा महोत्सवले हेलिकोप्टर मार्फत दर्शन गर्न पाएको भन्दै आयोजक र टिकट व्यवस्था मिलाउने छोराहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भयो । अस्ति मंगलबार उक्त हेलिकोप्टरले गलकोट उपत्यकामा १० ट्रिप गरेको थियो । महोत्सवमा हेलिकोप्टर चार्टरले महोत्सवको रौनकता र माहोल नै छुट्टै बनाईदिएको छ । दर्शकको चाहनालाई मध्यनजर गरि आज सकिनु पर्ने प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवको समय अवधि १ दिन आज सम्मको लागि थप गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार