१८औं जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाई

बेनी,शनिबार मंसिर १४ गते ।

१८ औं नरेश मोवाइल अन्तर मावि जिल्ला स्तरिय जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्ट आवासीय मावि बेनीले हात पारेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन प्रतियोगिताको फाइनल खेलमा बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुल बेनीलाई १ का विरुद्ध ८ गोल गर्दै उपाधी जित्न सफल भएको हो ।

म्याग्दी जेसिजको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न प्रतियोगिाताको फाइलन खेलमा विजेता न्यु वेष्ट प्वाईन्ट आवासिय माविले ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ । भने उपविजेता बुद्ध एकेडेमी आवासीय माविले ३१ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । यसैगरी प्रतियोगिताको अनुशासित विद्यालयको रुपमा दरबाङको केबी एकेडेमी बोर्डिङ स्कुल सात हजार सात सय ७७ रुपैयाँबाट सम्मानित भएको छ । न्यु वेष्ट प्वाईन्ट आवासीय मावि लगातार तीन पटक जेसीज कप विजेता बन्दै रनिङ्ग शिल्ड आफ्नो पोल्टामा पार्न सम्फल भएको छ ।


बुद्ध एकेडेमीका टिम क्याप्टेन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यसैगरी न्यु वेष्ट प्वाईन्ट आवासीय माविका टिम क्याप्टेन तेजिन घर्ति मगर उत्कृष्ट डिफेण्डर, प्रतियोगिता अवधिभर १२ गोल गर्न सफल न्यु वेष्ट प्वाईन्ट आवासीय माविका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता, न्यु वेष्ट प्वाईन्ट आवासीय माविका आदित्य बिक मिडफिल्डर,सामुदायीक माविका विजय छिनाल स्ट्राइकर,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका सज्जन बराइली गोलरक्षक र बेनी सामुदायीक माविका गौतम केसी द राइजिङ प्लेयर ,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका खेल शिक्षक दिपेन राई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएको फुटबल प्रतियोगिताका प्रवक्ता एवम् म्याग्दी जेसीजका कार्यकारी उपाध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सम्मानित सबैलाई २ हजार पाँच सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो ।

गत मंगलबार देखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले भाग लिएका थिए । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगितोको आयोजना गरिएको आयोजक जेसिज म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।
सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर रारा गुरुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार