उपनिर्वाचन :बडिगाड गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका शेरचन विजयी

बागलुङ, शनिबार मंसिर १४ गते ।
बागलुङको बडिगाड गाउँपालिका २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् ।शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत पाएका छन्भने १२ मत बदर भएको छ ।

बडिगाड९२ मा यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले विजयी हासिल गरेका थिए । भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त स्थान रिक्त रहेको थियो । khabarway

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार