उपनिर्वाचन : कास्की -२ मा नेकपाकी भट्टराईको अग्रता

काठमाण्डौ,आइतबार मंसिर १५ गते । कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ ।

उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ ।यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ ।यो परिणाम पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना गर्दाको हो। भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार