भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी

काठमाडौँ ,आइतबार मंसिर १५ गते । उपनिर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नं। १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्।

भँडेलले १३४४८ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए। यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।

प्रदेश सांसद लामिछानेको गत वर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो। नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार