नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गयो

पोखरा, आइतबार मंसिर १५ गते । पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँचजना जनाको ज्यान गएको छ । पोखरा महानगर–२० मौजा बिसौनास्थित सडक स्तरोन्नतीका लागि नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार के।सीका अनुसार चार जनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य जारी रहेको छ । उनका अनुसार पुरिनेमा गणेश वली, खिमलाल वली, जितबहादुर बस्नेत, चोभान बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् । उनीहरु सबै सल्यानका हुन् ।

सातजना कामदार रहेको भए पनि ढिस्को खस्न थालेपछि दुईजना भागेका थिए । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार