निसीखोलाको खाडुमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ ,बुधबार मंसिर १८ गते ।
निसीखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ खाडुमा सुख्खा पहिरो जाँदा मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको हो ।लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ ।

लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको थियो । अध्यक्ष पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताउनुभयो ।

पहिरोबाट कुनै मानवीय क्षति नभएको बताउँनुहुँदै पौडेलले लोकमार्ग खुलाउने प्रयास गरे पनि रातको समयमा समस्या भएका कारण बुधबार बिहान लोकमार्ग खुलाउने गरी लोकमार्गका आयोजनाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिनुुभयो । eparinews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार