नेपाली काँग्रेस म्याग्दीको पूर्ण बैठक सम्पन्न

म्याग्दी, बुधबार मंसिर १८ गते ।
नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय ंसंगमचोकमा बसेको बैठकले लामो समय देखी नेतृत्व विहिन रहेको नेपाल विद्यार्थी संघलाई पूर्णता दिने भएको छ ।पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्यार्थीहरुको भेला गराई पार्टीको निर्देशनमा नेतृत्व चयन गर्ने निर्णय गरेको नेबि संघका निर्वतमान अध्यक्ष तथा पार्टीका जिल्ला सह–सचिव युवा नेता भरत बहादुर रकाले जानकरी दिनुभयो ।

उहाँका अनुसार बैठकले स्थानीय तहहरुका यही मंसिर मसान्त सम्मा नेपाली काँग्रेसको नगर तथा पालिका स्तरीय समिति गठन गर्नको लागी संयोजक र सह–सहयोजक तोकेको छ ।
जसमा बेनी नगरपालिकाको संयोजकमा रेशम बानियाँ, सह–सयोजकमा हरिकुमार श्रेष्ठ, धौलागिरी गाउँपालिका संयोजकमा अजयमिलन श्रेष्ठ, सहसंयोजकमा डम्बर भण्डारी, मालिकामा संयोजकमा भरत बहादुर रकाल, सहसंयोजकमा श्रीप्रसाद रोका, मंगलामा संयोजकमा डा. भुपेन्द्र खड्का सहसंयोजकमा माधव रेग्म रहनुभएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिकामा संयोजकमा नेत्र महत, सहसंयोजकमा भबबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकामा संयोजक क्या मिन बहादुर कार्की र सह संयोजकमा क्या डम बहादुर पनु रहनुभएको छ ।


बैठकमा भातृ संगठनले प्रस्तुत गरेको प्रगति प्रतिवेदन माथी छलफल भएको नेपाली काँग्रस म्याग्दीका पार्टी प्रभक्ता अजय मिलन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टीका अन्य गहन विषयमा समेत छलफल भएको छ । लामो समय देखी नेतृत्व विहिन रहेको नेविसंघले पूर्णता पाउने कुराले विद्यार्थी नेतामा उत्साह आएको नेबि संघ म्याग्दीका नेता निर्मल खत्रीले बताउनुभयो । उहाँका अनुसार लामो समय देखी विद्यार्थी राजनितिको अस्थीरताले निकै समास्या भएको थियो बैठकको निर्णय निकै उत्साह मिलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार