बागलुङमा ८ वर्षीया बालिका बलात्कृत

बागलुङ, विहिबार मंसिर १९ गते ।
बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् ।

बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछि लगतै राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । आरोपित राई बालिकाको बुवासँगै मजदुरी गर्ने र एउटै घरमा बस्दै आएको प्रहरीको भनाई छ । राई विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।khabarway

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार