नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो ।

शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेविसंघ म्याग्दीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी , सुईटर र टोपी हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत बहादुर रकालले सहयोगप्रति विद्यार्थी संगठनलाई धन्यवाद दिनुभयो । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेर उदाहरिणय काम गरेको बताउनुभयोे ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी तथा २० जनालाई विद्यालयकै सिफारिसमा पोशाक सहयोग गरिएको संघ, म्याग्दीकिा अध्यक्ष निर्मल खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै ६ वटै स्थानीय तहका विद्यार्थीलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पुलाचौरका नेता रामबहादुर बानियाँ, वडा नं ५ का वढा उपसभापति नविन बानियाँ, तरुणदल म्याग्दीका नेता असल केसीले मन्तब्य राखेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम परियारले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोगले सहज भएको बताउनुभयो । अभिभावक, समितिका सदस्य सहित तरुण दलका विश्वास श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार