मालिकामा कर निति बारे प्रशिक्षण

बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उद्योगी व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालय बागलुङ्गका प्रमुख हेमराज सुवेदी ,कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख चन्द्रशेखर सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार आचार्यले परिमार्जित करनिति ,करको दायरा, नयाँ मिसम्याच सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी डेवानडेटुबा बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले प्रक्षिणले उद्योगी ,व्यापारीलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले राज्यलाई व्यवसाय संचालन गरेबापत करको दायरमा आएर समयमै तिरेर सहयोग गर्न आग्रह गर्नुभयो । उपाध्यक्ष खरमाया विटालुले उद्यागी व्यवसायीलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रमले व्यवसायीहरुलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।खइकाईका अध्यक्ष गोविन सिउँथानीले कार्यक्रमले परिमार्जित नयाँ करनितिका बारेमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथैे उहाँले करनिति प्रशिक्षण कार्यक्रम बारे सबैलाई जानकारी गराइए सबै उद्योगी व्यवसायीको सहभागिता नहुनु करनितिका बारे चासो नभएको भन्दै गुनासो ब्यक्त गर्नुभयो । गाउँपालिकामा कार्यरत कमलाकुमारी शर्माको संचालन ,इकाई सदस्य रामु रिजालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार