म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने

बेनी ,बुधबार पौष २३ गते ।
माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टल राखिने मूल संयोजक एवम् महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो ।

‘मेलाको तयारी सुरु भएको छ,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार नेपाल भ्रमण बर्षलाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षण सहितका कार्यक्रम प्रमुख आर्कषण रहेको बताउनुभयो । लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी जिल्लाका सबै स्थानीय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । मेलाको अवसरमा सदरमुकाम बेनीमा जातिय भेषभुषा सहित बजार परिक्रममा, एकल नृत्य प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने जनाइएको छ ।

मेलामा आर्कषक नृत्य मयूर नाचलाई समेत ल्याउन पहल भइरहेको बताउँदै मेलाअवधिभर महिला उद्यमीको उत्पादनलाई विक्री वितरणको विषेश ब्यवस्था समेत रहेको जनाइएको छ ।
‘उद्योग, ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगाएत सम्रग क्षेत्रलाई समेटेर फोटो प्रर्दशनरी समेत गरिने छ । कुल ९ लाख ३५ हजारको आयब्यय प्रस्तुत गरिएको कार्यक्रममा करिव ४० हजार बचत गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सिर्जना भट्टचनले बताउनुभयो । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम लगायत महिला उद्यमको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव बिष्णु गुरुङ र समापन प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार