नारच्याङ्ग आधारभुत विद्यालयको ५८ औं बार्षिकोत्सव,गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजाद्धारा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना

सुरेन गुरुङ्ग
पोखरेबगर,शुक्रबार पौष २५ गते ।
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका- ४ गाडपार स्थित नारच्याङ्ग आधारभुत विद्यालयले ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादु्र गर्बुजा पुन मगरको उपस्थितीमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुन मगरले शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यालयको भौतिक तथा पुर्वाधार निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुुका साथै कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुन मगरले गाउँपालिकाभित्रका विद्यालयमा अध्यापनरत निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले तयारी थालेको सुनाउनुभयो । साथै आफुले सरकारबाट पाउने सेवासुविधा बापतको रकम शैक्षिक क्षेत्रमा खर्च गर्ने गरेको बताउनुभयो । सोही कार्यक्रमको अवसरमा क्याप्टेन गर्बुजा पुन मगरले विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई सघाउने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको अध्यक्ष क्याप्टे गर्बुजा पुनको भनाई छ ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरिहेको बताउनुहुँदै क्याप्टेन गर्बुजा पुनले शिक्षक र अभिभाकले पनि विद्यालय बाहिर रहेका बालकालिकालाई विद्यालय भर्ना गर्ने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । देश विकासको पहिलो आधार शिक्षा भएकाले सबैले शैक्षिक विकासमा एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनले स्वास्थ्य ,शिक्षा ,खानेपानी ,विद्युत तथा सडक निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । गाउँपालिकाले पर्यटन पवद्र्धन गर्न विभिन्न कार्यक्रम संचालन गर्नुका साथै पर्यटकीय स्थलमा पुर्वाधार निर्मांण गरिरहेको बताउनुभयो । साथै उहाँले स्थानीय बासिहरुलाई आफ्ना वडामा संचालित योजनाहरुको अनुगमन गरि योजनालाई प्रभावकारी र गुणस्तरिय बनाउन आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा वडा नं २ का अध्यक्ष ओमप्रसाद फगामी ,वडा नं ३ का अध्यक्ष नरसिंङ बहादुर पुर्जा ,ज्ञानप्रकाश माविका विद्यालय व्यवस्थापन समिका अधक्ष बेलबहादुर पुर्जा, विद्यालयका प्रअ शुकबहादुर गर्बुजा लगायतले बोल्नुभएको थियो ।

बार्षिकोत्वसको अवसरमा विभिन्न विद्यामा आयोजित कार्यक्रममा विजेता र उपविजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका अध्यक्ष भक्तबहादुर गर्बुजाको अध्यक्षता,शिक्षिका श्रीमाया विकको संचालन तथा ओम बहादुर बुढाथोकीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार