माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

प्रज्ञा प्रतिष्ठान खोल्न विधेयक स्वीकृत

पोखरा ,शनिबार पौष २६ गते ।
गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने भएको छ। माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

यसैबीच प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक प्रदेश सभामा पठाउन स्वीकृति दिएको छ। प्रदेशभित्र रहेका भाषा, संस्कृति, कला साहित्यको विकास र अनुसन्धानका लागि प्रतिष्ठान स्थापना गर्न लागिएको बस्नेतले बताए।

प्रदेश सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम अनुसार नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्न यो विधेयक तयार पारेको उनले बताए। मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र संचालन गर्न बनेको विधेयक समेत स्वीकृत भएको बताए।

मन्त्रिपरिषद बैठकले प्रदेश दुग्ध विकास बोर्डका सदस्य सचिवमा कृषि निर्देशनालयका नवौं तहका अधिकृत डा। गृष्म न्यौपानेलाई नियुक्त गरेको छ। बैठकले कर्मचारी सरुवा तथा पदस्थापन मापदण्ड सहित विभिन्न ८ वटा कार्यविधि पारित गरेको बस्नेतले बताए। सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार